पश्चीम नवलपरासी ।
पश्चीम नवलपरासीको सुनवलमा एकै पटक आईतबार थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये १६ पुरुष ५ महिला रहेका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणको क्रममा उनीहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले रेडियो परासीलाई जानकारी दिनुभयो ।
संक्रमित मध्ये वडा नम्वर १ का ५ महिला र ३ पुरुष गरी ८ जना रहेका छन् । त्यसै गरि वडा नम्वर ३, ४ र १३ मा २-२ जना पुरुष, वडा नम्वर ६ मा १ पुरुष,वडा नम्वर ७ र १२ मा ३-३ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरु सबै क्वारेन्टाईनमा थिए । सुनवल नगरपालिकाले यहि असार ३ गते १ सय २८ जनाको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएकोमा त्यसमध्ये ५२ जनाको रिर्पोट आउदा २१ जनाको रिर्पोट पोजेटिभ देखिएको हो भने बाँकि ३१ जनाको रिर्पोट नेगेटिभ आएको छ । संक्रमित हुनेहरु ६ देखि ६२ बर्ष उमेर समुहका रहेका छन् ।
यससँगै सुनवलमा सबैभन्दा धेरै संक्रमित भेटीएका हुन् । यसअघि भेटिएका ६ जनासँगै सुनवलमा मात्रै कोरोना संक्रमितको संख्या २७ पुगेको छ । संक्रमितलाई सुनवलमै रहेको आईसोलेसनमा राख्ने सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले बताउनु भयो । यससँगै पश्चीम नवलपरासीमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।