• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

प्रदेश १ मा बाढी पहिरो : १३ जना बेपत्ता, तीनजनाको जिवितै उद्धार

पावर संदेश
   २८ असार २०७७, आईतवार १६:०५  मा प्रकाशित
  • 384 पटक पढिएको







  • हरि अधिकारी, विराटनगर ।

    शुक्रबारयताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् ।

    आइतबार बिहान करिब २ बजे राति संखुवासभा सिलिचोङ गाउँपालिका– १ को बेसिन्दा भन्ने स्थानमा पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । बेसिन्दामा ९ वटा घर पहिरोले बगाएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार पहिरोमा पुरिएका तीनजनाको जिवितै उद्धार भएको छ । बेपत्ताको खोजीकार्य जारी छ ।

    उद्धारमा खटिएका व्यक्तिको मृत्यु

    प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सिलिचोङको पहिरो गएको स्थानमा स्थानीय मदन राईको मृत्यु भएको छ । पहिरोमा परेकाहरुको उद्धारमा खटिएका राईको बिहान करिब साढे ११ बजेको समयमा मृत्यु भएको हो ।

    प्रहरी उपरीक्षक पोखरेलले भने, ‘पहिरो खसेदेखि उनी उद्धारमा खटिएका रहेछन् । उद्धारमा खटिरहेकै समयमा उनको अचानक मृत्यु हुन पुग्यो । उनको मृत्युको कारण खुल्न सकेको छैन । ‘

    पहिरोमा ७९ वर्षीय गोवा सिंह राईको घर बगाएको छ । घरसँगै बगेका उनको बायाँ हात र टाउकोमा गम्भीर चोट छ । राईसहित उनकी श्रीमती ६० वर्षीया फूलमाया राई, १४ वर्षीया छोरी भिमसरी राईलाई स्थानीयले जिवितै उद्धार गरेका छन् ।

    स्थानीय ६० वर्षीय राममान राईको घर पनि बगाएको छ । उनको श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरू २१ वर्षीया एन्जीला राई र ११ वर्षीया नम्रता राई बेपत्ता छन् । एन्जिला गर्भवती थिइन् ।

    जुद्धबहादुर राईको घर बगाउँदा उनकोे श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृती राई बेपत्ता छन् । गोठमा गएका कारण जुद्धबहादुर जोगिएका छन् ।

    ५२ वर्षिय जुद्धबहादुर राई ९माने० र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई घरसँगै बेपत्ता भएका छन् । ७० वर्षीया नजमाया राईको घर पनि बगेको छ । ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता छन् । स्थानीय सन्दीप राई र सुभधन राईको घर पुरै बगाएको छ । उनको परिवार भने सम्पर्कमा आएका छन् ।

    बाढीले बगाउँदा दुईजना बेपत्ता

    आइतबार बिहान सप्तकोशी नदीमा १३ वर्षिय बालक बेपत्ता भएका छन । आइतबार बिहान सप्तकोशीमा बाढीसँगै आएको दाउरा निकाल्न नदीमा पसेका १३ वर्षिय अनिल बस्नेत बेपत्ता भएका हुन ।

    सुनसरी बराहक्षेत्र नगरपालिका– ६ बोराबानमा कोशी किनारा स्थित दाउरा खोज्ने क्रममा देवीघाट बस्ने गौवाबहादुर बस्नेतका छोरा अनिल दाउरा निकाल्न खोज्दा नदीले बगाएको थियो ।

    शनिबार दिउँसो झापाको भद्रपुरका ३३ वर्षीय पुरुष मेची खोलामा बेपत्ता भएका छन । भद्रपुर नगरपालिका– ३ नाउगाटका राई नुहाउने क्रममा बेपत्ता भएका हुन । तीन स्थानमा बेपत्ता भएका १३ जनाको खोजी कार्य जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑