
नवलपुर ।
पूर्व पश्चिम राजमार्गको विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा पहिरोले सडक अवरुद्ध भएको छ ।

आज विहान ५ बजेको समयमा खसेको पहिरो र पहिरोसंगै ढलेको रुखका कारण राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिरोसँगै ढलेका रुखले बाटोमा समस्या ल्याएको छ । रुखले दुई वटा सवारीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ७०२० नम्बरको कार र विपतरीत दिशातर्फ जाँदै गरेको ना ६ ख १५५९ नम्बरको ट्रकमा क्षति पुगेको छ ।
अहिले सो ठाउँमा पहिरो र रुख पन्छ्याउने काम भइरहेको छ भने बाटो दुईतर्फी संचालनमा ल्याउन अझै ४-५ घण्टा लाग्ने प्रहरीले जनाएको छ । यसअघि सोही ठाउँमा गयराती पनि पहिरो खसेको थियो । त्यसक्रममा बाटो एकतर्फी संचालनमा थियो । विहान पुनः पहिरो खसेपछि बाटो पूर्णरुपमा अवरुद्ध बनेको हो ।