
भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हेटौडा परिक्षण प्रयोगशामालामा गरिएको स्वाब परिक्षणमा आज देवचुलीका थप ३ जनमा संक्रमण पुष्टी भएको हो । देवचुली नगरपालिकाबाट संकलन ५२ जनाको स्वाव मध्ये ३ जनामा संक्रमण देखिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

३ जना संक्रमित मध्ये वडा नम्बर ३ कि ४० वर्षिय महिला, वडा नम्बर १० का ३७ वर्षिय पुरुष र वडा नम्बर १७ का २४ वर्षिय पुरुष रहेका छन् ।
संक्रमित महिला भारतबाट असार २२ गते बसमार्फत सुनौली नाका हुँदै असार २३ गते काठमाण्डौँ जाने बसमा आई क्वारेन्टाईनमा बसेकि हुन् । देवचुली वडा नम्बर १० का संक्रमित दुबईबाट असार २३ गते काठमाण्डौँ अवतरण गरि सोहि दिन आएर क्वारेन्टाईनमा रहेका थिए ।
त्यस्तै देवचुली वडा नम्बर १७ का पुरुष साउदिबाट असार २५ गते काठमाण्डौं अवतरण गरि असार २६ गते आई क्वारेन्टाईनमा रहेका थिए ।
उक्त तिनै जना संक्रमितलाई उपचारका लागि रजहरको कोभिड अस्थाई अस्पताल (सामुदायिक प्राकृतिक चिकित्सालय )को आईशोलेसनमा राखिएको छ ।