• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरमा नदि कटान नियन्त्रणको काम शुरु , दिर्घकालिन समाधानकालागि पहल गर्छु : सांसद महत

पावर संदेश
   ३ श्रावण २०७७, शनिबार १२:२९  मा प्रकाशित
  • 641 पटक पढिएको







  • दयाराम आचार्य,कावासोती । 

    नवलपुरको मध्यविन्दु –३, रतनपुर स्थित नारायणी नदीको कटान नियन्त्रणको काम थालिएको छ । नारायणी नदीका कारण कटान तिव्र बनेपछी यस क्षेत्रका बस्ती डुबानको जोखिममा परेकाले कटान नियन्त्रणको काम शुरु गरिएको हो ।
    केही दिन यता मध्यविन्दु –३ रतनपुरमा नदीको कटान तिव्र बनेको थियो । यसले यस क्षेत्रका एक दर्जन गाउ“नै डुवानको जोखिममा परेका थिए । कटानका कारण रतपुर संगै , नन्दपुर, सेहरी, सितापुर, भिउरान, तमासपुर , वरुवा, भडारा लगाएतका गाउ“ डुवानको जोखिममा परेक थिए । कटान तिव्र बनेपछी संघ , प्रदेश र स्थानिय तहबाट बजेट विनियोज गरिएको छ ।

    संघबाट रु.३० लाख , प्रेदशबाट रु. २० लाख र मध्यविन्दु नगरपालकाबाट रु. १५ लाख गरि जम्मा रु. ६५ लाख विनियोजन गरि नियन्त्रणको काम थालिएको नारायणी नदी नियन्त्रण समितिका अध्यक्ष शिव न्यौपानेले बताउनुभयो । नदीको कटानका कारण एक दर्जन गाउ“ डुवानको जोमिमा परेको भन्ने समाचार केही दिन अघि राससमा प्रकाशित भएको थियो । यस पछि तीनै तहका सरकारले निन्त्रणको लागि पहल थालेका छन् ।

    विनियोजित रकमले तत्कालको कटान नियन्त्रणकालागि काम थालिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । हाल कटान तिव्र बनेको यस क्षेत्रमा ठुला ढु¨ाहरु राख्ने काम भईरहेको छ । जाली बनाएर ‘स्पर’हरु बनाउन हाल असम्भव भएकाले ढु¨ाहरु नदि किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

    नारायणी नदीको कटान क्षेत्रको निरीक्षण गर्दै संघिय सांसद तिलक महतले नदी नियन्त्रणको दिर्घकालीन उपाएको खोजी गरिने बताउनुभयो । ‘हाल तत्काल ठूलो क्षती नहोस भनेर बजेट विनियोजन गरिएको छ’ सांसद महतले भन्नुभयो–आवश्यकता अनुसार नदी नियन्त्रणकालागि थप बजेट विनियोजन गरिने छ । नारायणी नदीको कटानका कारण नवलपुरमा धेरै खेती योग्य जमिन बगर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सांसद महतले यसको कटान रोक्न स्थायी समाधान खोज्नुपर्ने बताउनुभयो ।

    वलपुरको अमलटारी देखी तल्लो भागामा नदीको क्षेती बर्षेनी वढदै गएको छ । अमलटारी स्थित दुर्गीठोरबाट नदी नवलपुर तर्फ धार परिवर्तन गरेकाले यसलाई साविकै बहाव क्षेत्रमा लैजानुनै दिर्घकालिन समाधानको उपाय हुने सांसद महतले बताउनुभयो । यसका लागि सबै मिलेर पहल गर्नुपर्ने र आफु समेत लागि पर्ने सांसद महतले बताउनुभयो ।

    ‘यसको सबै मिलेर दिर्घकालीन समाधानकालागि जुट्न आवश्यक रहेको छ, म यसका लागि पहल गर्ने छु’ सांसद महतले भन्नुभयो–होइन भने नवलपुरका हजारौं बिघा खेती योग्य जमिन बगर बन्ने छ । नारायणी नदीको पारिपट्टी चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । अमटारीबाट नदी नवलपुर तर्फ मोडिएको छ । नवलपुरको खेती योग्य जमिन कटान बढदो रहेको छ । नदी पारि कं्रक्रिटको बगर बनेको छ । यसले गर्दा नदी नवलपुर तर्फ सर्ने क्रम क्रमस बढेको छ । नदीलाई साविककै क्षेत्रबाट बग्ने बनाउन दुर्गीठोरमा करिब तीन किलोमिटर ‘च्यानलाईज’ गर्नुपर्ने नदी नियन्त्रण समितिका अध्यक्ष शिव न्यौपानेले बताउनुभयो ।

    ‘नदी नियन्त्रणको नाममा बर्षेनी करोडौं रकम लगाईएको छ , तर उचित ठाउ“मा लगाईएको छैन्’ अध्यक्ष न्यौपानेले भन्नुभयो–अमलटारीबाट नदीलाई साविकै बहाव क्षेत्रमा मोडन एकित्रित लगानी गर्नेहो भने सबै समस्याको समाधान हुन्छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑