
नवलपुर ।
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।
राती करिब ३ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएका स्थानिय ६२ वर्षिय शेरबहादुर सार्की र उनको ५७ वर्षिय श्रीमती खिमीमाया सार्कीको शव घरमा नै पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विहान स्थानिय र प्रहरीले पहिरो पन्छाउने र खोजि गर्ने गर्ने क्रममा घरमा नै पुरिएको अवस्थामा शव भेटिएको जनाएका छन । चारदिन देखिको लगातार वर्षाका कारण गएराती आएको पहिरोमा परी बुलिङटार गाउपालिका २ डाडाझेरीका २ जना बेपत्ता भएका थिए । पहिरोले घरसंगै बाख्रा, कुखुरा र गाईगोरु सबै पुरेको वडा अध्यक्ष प्रेम बहादुर थापा मगरले बताएका छन ।
घटनास्थल जिल्लाको सदरमुकाम कावासोतीबाट ५० किलोमिटर उत्तरमा पर्दछ । पहाडी क्षेत्र भएको हुदा लगातारको वर्षाले बाटोमा साना ठुलो पहिरो खस्ने देखि लिएर यहा बस्तीहरु प्नि पहिरोको जोखिममा रहेको जनप्रतिनिधीहरुले बताएका छन ।