भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका अधिकाँश घर भित्र पानि पसेको छ । ४ दिन देखि अविरल परेको वर्षाले निकास नपाउदा देवचुली नगरपालिकाका धेरै घरमा पानि पसेको हो ।
देवचुली नगरपालिका वडा नम्बर १० देखि १५ सम्ममा अधिंकांश घर भित्र गए रातिदेखि नै पानि पसेको विपत्त ब्यवस्थापन समिति संयोजक हेमराज दवाडीले बताउनुभयो । देवचुली नगरपालिकाको बौलाहा खोलाबाट पसेको बाढिले कुनाघाट हुँदै धारापानि दलदले क्षेत्रका अधिकतम घरहरुमा प्रभाव पारेको छ ।
पानि बग्ने कुलोमा बनाईएका घरले गर्दा पानिको निकास हुन सकेको छैन् । केहि हद सम्म पानिलाई निकास दिलाउन बौलाहा खोला क्षेत्रबाट नै रोकथाम गर्ने प्रयास गरिएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरि बनाईएका भवनले बाढिको निकास दिन नसक्दा घरभित्र पानि पसेको स्थानियले बताएका छन् । सार्वजनिक नहरमा बनाईएका घर, टहराको ब्यवस्थापन नगरपालिकाले नगर्दा सम्म नगरबासीमा वर्षाको समयमा बाढिको जोखिम कायममै रहेको छ ।