विकास चापागाँई, पश्चिम नवलपरासी।
पश्चिम नवलपरासीमा एक जना पुरुषले तेजाव (एसिड) सेवन गर्दा ज्यान गएको छ । जिल्लाको सुनवल नगरपालिका–१३ बडेराका ५४ वर्षिय भरत वि.क.ले तेजाव (एसिड) सेवन गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरायसी झै–झगडा हुँदा वि.क.ले आफ्नै सुन चाँदी पसलमा रहको तेजाव (एसिड) सेवन गरेका हुन् । उनलाई उपचारका लागि तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलमा लगिएको थियो । तर उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको सरावल गाउँपालिका वडा नं ४ बडसारेमा विषादी सेवन गर्दा एक युवाको मृत्यु भएको छ । स्थानीय १८ वर्षिय तवरेज आलम मिरले नाम नखुलेको विषादी सेवन गरेका थिए । उनको उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएकोमा त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।-रेडियो परासी