
ज्ञानु पंगेनी, नवलपुर ।
नवलपुरको कावासोती नगरपालिकाबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार कावासोती नगरपालिका १६ तिनघरे चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–३ ०३ ००१ प ५९५९ नम्बरको स्कुटी जाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका १२ बस्ने ३१ वर्षका सुरेन्द्र थापा लागु औषध सहित पक्राउ परेका हुन् ।
थापाको साथबाट फेनरागन १५६, नुफ्रिन १५६ र डाईजोपाम १५६ गरी जम्मा ४६८ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
