चितवन ।
कोरोेना भाइरस कोभिड-१९ बाट संक्रमण हुनेको संख्या बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । आजबाट एक सातासम्म निषेधाज्ञा जारी रहने भरतपुरमहानगरले जनाएको हो ।
निषेधाज्ञाले नारायणगढ–भुरतपुरको सार्वजनिक जनजीवन ठप्प छ । बजार पूरै बन्द छ। सडक सुनसान छ । सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली सडकमा देख्न सकिन्छ।