नवलपुर ।
पूर्वी नवलपरासीमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये १८ जना विनयी त्रिवेणी गाउँपालिकाका हुन् भने १ जना कावासोती र १ जना गैंडाकोट नगरपालिकाका हुन् । सबै समुदाय स्तरका ब्यक्तिमा संक्रमण देखिएको हो ।
यो सँगै विनयी त्रिवेणी गाउँपालिकामा संक्रमितको संख्या ४६ जना पुगेको छ । ति मध्ये २२ जना भने निको भएर घर फर्किसकेका छन् ।
विनयी त्रिवेणीमा यस अघि संक्रिय संक्रमितको संख्या ६ जना रहेकोमा ४ जना समुदायका रहेका थिए ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले शुक्रबार थपिएका नयाँ संक्रमित स्वास्थ्यकर्मी समेत रहेको बताए ।
विनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवराज खनालले विनयी त्रिवेणीमा थपिएका नयाँ संक्रमितको विस्तृत विवरण कही बेरमा उपलब्ध हुने बताए ।
नवलपुर जिल्लामा संक्रमण बढ्दै गएपछि प्रशासनले ७ दिनका लागि जिल्ला बन्द गरेको छ ।