नवलपुर ।
लामो समयको कौतुहलता र आम दर्शक स्रोताहरुको प्रतिक्षा पछि ओई भन्यो मायाले झ्यालबाटका गायक हरि गिरि (विमर्शी) को निर्माण तथा गणेश भण्डारी (जेरि) को निर्देशनमा “किन रिसाको” गीतको म्युजिक भिडियो यहि भदौ २० गते सोमबारका दिन दिउसो ठिक ४ः०० बजे Hari Giri Bimarshi नामक Youtube Channel बाट रिलिज हुने भएको छ ।
उक्त गीतमा गायक कृष्ण केसी र गायिका सिता केसीको स्वर तथा सुरेश सुन्दास (एस के) को शब्द र चित्रबहादुर अचार्यको संगित रहेको छ । गितलाई निर्देशक स्वयम् गणेश भण्डारी (जेरि) ले कोरियोग्राफि तथा अभिनय गरेका छन् भने उनिसंगै अमृत राना, एलिसा केसी र एलिना केसी (टुइन्स) को अभिनय रहेको छ ।
गीतको छयाँकन नवलपुर जिल्लाको देवचुली नगरपालिका लगाएतका विभिन्न ठाउँहरुमा गरिएको छ । गीत सार्वजनिकको अवसरमा कभर भिडियो तथा टिकटकबाट उत्कृष्ट १जनालाई म्युजिक भिडियोमा अवसर तथा १ जनालाई स्मार्टफोन पुरस्कार स्वरुप प्रदान गरिने भएकोछ । जुन पुरस्कार अन्तर्गत सनराईज मोवाईल ग्रुपले मोबाईल सौजन्य गर्ने भएको छ भने म्युजिक भिडियोमा गायक तथा सर्जक हरि गिरी (विमर्शी) ले अवसर दिनुहुने भएको छ ।
आशा गरौ उक्त गीतलाई सम्पूर्ण दर्शक स्रोताहरुले माया गरिदिनु हुनेछ ।