• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

जनमतबाट तिरस्कृत भएपनि नेकपाबाट पुरस्कृत हुने भाग्यमानी कमरेडहरु

पावर संदेश
   २० भाद्र २०७७, शनिबार ११:३१  मा प्रकाशित
  • 358 पटक पढिएको







  • काठमाडौं ।

    देशमा पाँच महिनाभन्दा बढी समयदेखि कोरोनाको महामारी छ । कोरोना त्रासले जनताको उठिबास लागिसक्यो । अर्थतन्त्र चौपट भएको छ । कृषकले मल पाएका छैनन् । उद्योग,व्यवसाय झन्–झन तहसनहसको अवस्थामा पुगिसकेको छ । भिजिट नेपाल २०२० को नाममा पर्यटनमा गरिएको अर्बौं लगानी त्यत्तिकै खेर गएको छ ।

    तर, नेकपाका केही नेताहरु यहीबीचमा रोजेको ठाउँमा पुगेका छन् । अर्थात् जनमतबाट तिरस्कृत भएकाहरु नेकपाबाट पुरस्कृत भएका छन् । निर्वाचनमा जनताबाट नरुचाइएका नेताहरुलाई अहिले प्रदेश प्रमुखदेखि राष्ट्रिय सभासम्म पुर्‍याएर नेकपाले पुरस्कृत गरेपछि जनमतको अपमान भएको चर्चा शुरु भएको छ ।

    स्थानिय निर्वाचनमा झापाको मेचीनगरको नगरप्रमुखमा पराजित भएका विष्णुप्रसाद प्रसाईं अहिले प्रदेश ३ अर्थात् बागमती प्रदेशको प्रमुख छन् । उनलाई ओली सरकारले अनुराधा कोईरालाको ठाउँमा नियुक्त गरेको हो ।

    यता गएको निर्वाचनमा गोरखा क्षेत्र नं.२ बाट पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्‍ठ चुनाव हारेको २ वर्षमा नै राष्ट्रिय सभामा पुगे । गोरखा–२ बाट पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग ६ हजारभन्दा बढी मतले पराजित भएका श्रेष्ठलाई नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पुरस्कृत गर्दै राष्ट्रिय सभा पुर्‍याएका हुन् ।

    पार्टी उपाध्यक्ष वामदेव गौतम पनि गएको निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए । काँग्रेसका सञ्‍जय गौतमसँग पराजित भएका वामदेवलाई पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डकै योजनामा राष्ट्रिय सभामा लगिँदैछ । पार्टीभित्रको विवाद मिलाउन भूमिका खेलेको भन्दै जनताबाट तिरस्कृत भएपनि गौतमलाई राष्ट्रपतिमार्फत मनोनित गराएर राष्ट्रियसभामा लैजाने निर्णय नेकपाले गरिसकेको छ ।

    यसैगरी गएको निर्वाचनमा तनहुँको भानु नगरपालिकाबाट पराजित नेकपा नेतृ भगवती न्यौपाने पनि यतिबेला राष्ट्रियसभा पुगिसकेकी छन् । काँग्रेसका उदयराज गौलीसँग मेयरमा पराजित न्यौपानेलाई नेकपाले पुरस्कृत गर्दै राष्ट्रियसभामा पठायो ।

    त्यस्तै कपिलबस्तुको वाणगङ्गा नगरपालिकाको मेयरमा पराजीत विमला घिमिरे पनि अहिले राष्ट्रियसभामै छिन् । उनलाई पनि जनताको मतबाट निर्वाचित हुन नसकेपनि नेकपाले राष्ट्रिय सभामा पुर्‍याइदिएको छ ।

    यता प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं–२ (क) बाट पराजित जगप्रसाद शर्मालाई पनि नेकपाले राष्ट्रियसभामा लगेको छ । उनी काँग्रेसका डिल्ली चौधरीसँग प्रदेशसभामा पराजित भएका थिए । यसअघि पनि जनताबाट पराजित भएकालाई आफुखुशी रोजेको पदमा पुर्याउने काम नभएका भने होइनन् । २०६४ को संबिधानसभा निर्वाचनमा काठमाडौं र रौतहट दुई ठाउँबाट चुनाव हारेका नेता माधवकुमार नेपाललाई तात्कालीन समयमा पुनःमनोनित गर्दै प्रधानमन्त्री बनाउने सम्म काम भएको हो ।

    त्यसैगरी अर्को अचम्मको कुरा यतिबेला नेकपाको ९ सदस्यीय हाईकमाण्ड अर्थात सचिवालयमा रहेका सबैले रोजेको पद आफैंले पाएका छन् । कतिले गुटका लागि बार्गेनिङमा मुख्यमन्त्री र मन्त्री लिँदैछन् भने केही नेताले विभिन्‍न प्रतिष्ठानको नाममा ठुलो रकम राज्यकोषबाट लिएको चर्चा छ । यसले कम्युनिष्ट सिद्धान्त र आदर्शको धज्जी उडाएको मात्रै छैन कि जनताको अपमान समेत भएको छ ।

    नेकपा सचिवालयमा रहेका ९ जनामध्येका सर्वोच्च नेता केपी ओली प्रधानमन्त्रीसहित पार्टी अध्यक्ष छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले उधारोमै भएपनि अहिले कार्यकारी र महाधिवेशनपछि शक्तिशाली अध्यक्षको पद पाउने भएका छन् । वरिष्‍ठ नेता झलनाथ खनालले सर्प पाल्न राज्यकोषबाट ७२ करोड पाएका छन् भने अर्का नेता माधव कुमार नेपालले दुई मुख्यमन्त्री सहित रोजेका केही मन्त्रालय लिएर आफ्नो गुट जोगाउने अवसर पाउँदैछन् ।

    उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्‍ठ राष्ट्रियसभामा, अर्का नेता ईश्वर पोख्रेल रक्षामन्त्री र नेता रामहादुर थापा बादल गृहमन्त्री छन् । बाँकी रहेका पार्टी महासचिव विष्णु पौडेल पनि सरकारमा अर्थमन्त्रीका लागि दाबी गरिरहेका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑