
सिन्धुपाल्चोक ।
जिल्लाको हेलम्बु गाउँपालिका ५, बोल्देको सिंगो बस्ती नै जोखिममा परेको छ । वर्षा रोकिने क्रम सुरु भए पनि बस्तीमाथि धाँजा फाट्न थालेपछि बस्ती जोखिममा परेको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए । बस्तीमाथिको जमिन धाँजा फाटेर पहिरो चल्ने जोखिम बढेपछि सिंगो बस्तीलाई सुरक्षित ठाउँमा सारिएको उनको भनाइ छ ।

“बस्तीमाथिको जमिनमा धाँजा फाटिन थालेपछि र तलबाट पहिरो चल्न थालेपछि हेलम्बु- ५, बोल्देका ४१ घरधुरीलाई टेन्टमा सारिएको छ,” उनले भने ।
गत साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा पहिरो जाँदा ३८ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोकका अरू पनि बस्ती जोखिममा रहेको सुरक्षित ठाउँमा सारिराखेको तामाङको भनाइ छ ।