
काठमाडौं ।
आफ्ना निजी सचिवालयका एक जनामा कोभिड-१९ संक्रमण पुष्टि भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन्।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। देउवा कन्ट्याक्ट ट्रेसिङमा परेको उनको सचिवालयले जनाएको छ। सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए।
देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ। देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ।
काँग्रेस महामन्त्री डा शशांक कोइराला कोभिड-१९ संक्रमणका कारण हाल ओम अस्पतालमा उपचाररत छन्। -नेपाल न्युज एजेन्सी