
देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका एक पुरुषले धारिलो हतियार प्रयोग गरि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार देवचुली ११ धारापानी निवासी ६५ बर्षीय सुनहरी बालाय श्रेष्ठले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

कावासोती ३ मा रहेको ससुराली घरमा छोरा र श्रीमतीसँग आएका उनले गएराति घरको तेस्रो तलाको भान्छा कोठामा गई आत्महत्या गरेका थिए । गम्भीर अवस्थामा पुगेका उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा उनको जिल्ला अस्पतालमा निधन भएको थियो ।
प्रहरी नायव उपरीक्षक खाँणले घटना हालसम्म शंकास्पद नदेखिएको तथापि घटनाको अनुसन्धान भईरहेको बताए ।