
भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा एकै दिन ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत भदौ ३१ गते संकलित स्वाबको प्राप्त रिपोर्ट अनुशार थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा देवचुली नगरपालिका वडा नम्बर ३ का ४८ र ७५ वर्षिय २ महिला,वडा नम्बर ४ का २३ वर्षिय एक पुरुष, वडा नम्बर ७ का बर्ष १५ कि महिला, २१ महिनाका बालक, ७,३९ र ७ वर्षिय पुरुष, वडा नम्बर ११ का ३१,२९,१०,५,२३,२७,४३,४३,४२ वर्षिय ९ महिला र बर्ष ४१,६०,१३,६२,५७ का ५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य शाखा देवचुली नगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर १४ का ८०,३५,५२,२२,४९ र ३४ वर्षिय ६ महिला र ५२,२७,१२ र १५ वर्षिय ४ पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै वडा नम्बर १७ का १९ वर्षिय एक पुरुष गरि जम्मा ३३ जनामा थप संक्रमण पुष्टि भएको र वडा नम्बर ११ को १ महिला को रिपोर्ट आउन बाँकि रहेको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमण पुष्टि भएका मध्ये वडा नम्बर ४ र १७ का २ जना क्वारेन्टाइन मा रहेका र अन्य समुदायमा नै संक्रमण देखिएको हो । संक्रमित ब्यक्तिहरुलाई आइसोलेसनको व्यवस्थापनको कार्य भइरहेको देवचुली नगरपालिकाले जनाएको छ ।
संकलित ९७ जनाको स्वाब मध्ये १७ महिला र १६ पुरूषमा संक्रमण देखिएको हो ।