
झण्डै ६ महिनापछि सोमबारबाट आन्तरिक उडान सुचारु भएको छ । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेपछि अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउन सहमत भएका हुन्।
यदि तपाईं यात्रा गर्दै हुनुहुन्छ भने पहिलेभन्दा अहिले अलि फरक पाउनुहुनेछ कारण तपाइले पुरा गर्नुपर्ने प्रक्रिया विगतको भन्दा लामो हुनेछ । विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ । त्यसपछि तपाइ भित्र छिर्नुहुनेछ तर कसैलाई नछोइ, भौतिक दुरी कायम गर्दै । ७० वर्षभन्दा माथिका र दीर्घरोगीलाई यात्रा गर्न दिइने छैन ।

सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । यसका लागि बढीमा पाँच मिनेट लाग्नेछ । जसमा तपाइलाई कोभिडको कुनै लक्ष्क्ष्य नभएको उल्लेख गर्नुपर्ने हुन्छ । यदि कुनै लक्षण भए तपाइ यात्राका लागि योग्य हुनुहुन्न् । एयरलाइन्सका काउन्टरहरु डिसइन्फेकस गरिएको हुन्छ । तपाइलाई उसले स्यानिटाइजर, फेस सिल्ड, माक्स दिनेछ । उसले पनि तपाइको ताफक्रम ठिक छ छैन जाँच गर्नेछ ।
बोर्डिङ पास लिएर तपाइ उडान भर्न विमानसम्म पुग्न बसमा चढ्नुपर्ने छ जसमा डिसइन्फेक्स गरिएको हुन्छ । प्लेनमा पालैपालो चढ्नुपर्नेछ । तर प्लेनभित्र सिटमा बस्दा तपाईंको दुरी कायम हुनेछैन । तपाइको आडैको सिटमा अर्को यात्रु पनि बस्न पाउनेछ । उडानका लागि बनाएको सुरक्षा सम्बन्धि प्रोटोकल भने सबै एयरलाइन्सले पालना गर्नुपर्नेछ ।