
काठमाडौं ।
प्रेस काउन्सिल नेपालको अध्यक्ष गोपाल बुढाथोकीले पदभार ग्रहण सँगै नौ सुत्रीय प्रतिबद्धता जारी गर्नु भएको छ । तत्कालिन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको राजीनामा पश्चात काउन्सिलका वरिष्ठ सदस्यका हैसियतले बोर्ड बैठकबाट असोज ९ गते सो पदमा चुनिनु भएका बुढाथोकीले बुधबार विभिन्न प्रतिबद्धता सार्वजनिक गर्नु भएको हो ।

संचार क्षेत्रलाई चुस्त दुरुस्त बनाउने हेतुले उहाँले निम्न प्रतिबद्धता पेश गर्नु भएको छ ।
१) सम्पादकमा नरहने (सङ्घ(सङ्गठनबाट अलग(सर्वप्रथम म यस संस्थाको कार्यवाहक अध्यक्ष बहाल रहुञ्जेल म कार्यरत रहेको साँघु साप्ताहिकको सम्पादक पदमा नरहने जानकारी गराउँदछू। साथै यस पदमा बहाल रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादकको भूमिकामा नरहने प्रतिबद्धता व्यक्त गर्दछु। (पदमा बहाल रहुञ्जेल कुनै पनि राजनीतिक दलको सदस्य नरहने, त्यस्तै पेसागत सङ्घ(सङ्गठनको सदस्यबाट समेत अलग रहनेछु।
२) मितव्ययी कार्य प्रणाली अवलम्बन (कार्यवाहक अध्यक्षका रूपमा मैले र काउन्सिल बोर्डले प्रेस काउन्सिल ऐन(नियम, विनियम, निर्देशिका, कार्यविधि, पत्रकार आचारसंहिताको परिधिभित्र रहेर निष्ठा पूर्वक कार्य गर्नेरगराउने जानकारी गराउँदछु।(विशेष काम र परिस्थितिबाहेक कार्यदिन र कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग गरिने छैन। सार्वजनिक बिदाको दिन कार्यालयको कामबाहेक सवारी साधन र अन्य सेवा प्रयोग गरिने छैन। सार्वजनिक बिदाको दिन कार्यालयको साधन प्रयोग गर्दा प्रयोजन स्पष्ट उल्लेख गरी अभिलेख पश्चात् प्रयोग गरिने छ। कार्यवाहक अध्यक्षका हैसियतमा प्राप्त सेवा सुविधा र खर्च (इन्धनलगायत) सकेसम्म कटौती गरी मितव्ययी बनाउन प्रयत्न गर्नेछु।
३) सुशासन र समृद्धिको लागि सञ्चार (सुखी नेपाली, समृद्ध नेपालका लागि स्वतन्त्र, स्वच्छ, स्वस्थ, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिलु नेपालको अग्रजहरूको अभियानलाई थप प्रभावकारीरूपमा अघि बढाइनेछ। भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई आत्मसाथ गरी कामकारबाही गरिनेछ।
४) आजको काम आजै, टाढाको लागि प्राथमिकता (प्रेस काउन्सिलबाट प्रवाह हुने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन उपत्यकाबाहिर टाढा(टाढा बाट आउने सेवाग्राही (विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिम)बाट आउनेलाई विशेष प्राथमिकता दिइनेछ। प्रक्रिया पुगेको अवस्थामा आजको आजै (सोही दिन) वा २४ घण्टाभित्र काम फत्ते गर्ने गरी व्यवस्था मिलाइनेछ। काउन्सिलको कार्यसम्पादन थप मितव्ययी तथा पारदर्शी बनाइनेछ।
५) समन्वयात्मक तरिकामै कार्य (प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता निर्माण गर्ने, अनुगमन गर्ने र आचारसंहिता विपरीत भएका काममा सचेत गराउने, कारबाही गर्ने संस्था पनि भएको हुँदा नेपालमा सञ्चालित विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गर्दा व्यावसायिक हितको रक्षा, समाजप्रति उत्तरदायी बहन र सामाजिक मर्यादाभित्र रहेर सम्प्रेषण गर्न आग्रह गर्दछु। ( पत्रकारिता क्षेत्रको बृहत्तर हितका लागि प्रेस काउन्सिल नेपालका अग्रज, नेपाल पत्रकार महासङ्घ, विभिन्न पेसागत सङ्घ(सङ्गठन, यस क्षेत्रका प्राज्ञिक एवं बौद्धिक व्यक्तिहरू र नेपाल सरकारसँग छलफल, सल्लाह(सुझावका साथै आवश्यक समन्वय गरेर अगाडि बढिनेछ।
६) नीतिगत व्यवस्थाको लागि पहल (पत्रकारिताको परिभाषाभित्र नपर्ने, पत्रकारिताको नाममा कतिपय युट्युबबाट समाजमा उच्छृङ्खलता प्रदर्शन गर्ने, सामाजिक मर्यादाभन्दा बाहिर रहेर व्यक्तिगत, पारिवारिक जीवनमा प्रवेश गरेर सामाजिक सद्भावमा खलल पुर्याउने र समाजमा पत्रकारिताको नाम लिएर अराजकता फैलाउने अनलाइन टेलिभिजन (युट्युब च्यानल)हरू नियमन र व्यवस्थित गर्न काउन्सिललाई क्षेत्राधिकार नभएको र यसको नियमन गर्न नीति(नियम नभएको हुँदा तत्काल नीति(नियम बनाएर व्यवस्थापन गर्नका लागि नेपाल पत्रकार महासङ्घ, सम्बन्धित संस्था तथा विभिन्न विज्ञहरूसँग समन्वय गरी सरकारलाई आग्रह गरिनेछ। ( देशभर सञ्चालित अनलाइन र तिनबाट सम्प्रेषण हुने सामग्रीलाई अझ व्यवस्थित, जनउत्तरदायी र पत्रकार आचारसंहिताको मर्म अनुरूप गराउन ती सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्वेक्षण गरी उनीहरूको अवस्था, सम्प्रेषित सामग्रीको प्रभाव, आचारसंहिता पालना, सामाजिक उत्तरदायित्व बहन लगायतका आधारमा श्रेणी निर्धारण गर्न सरोकार पक्ष र सम्बन्धित विज्ञहरू सम्मिलित बैठकरछलफलबाट समय सापेक्ष कार्यविधि बनाई निश्चित मापदण्डका आधारमा श्रेणी तोकी सहजीकरण एवं यसबारे बजेटमा उल्लेखित विषयको मूर्तरूपमा कार्यान्वयनको लागि पहल गरिनेछ।
७) पेसागत शुद्धीकरण (पछिल्लो समय पत्रकारको नक्कली परिचयपत्र बनाएर अथवा पत्रकारको परिचयपत्र भिरेर निजी स्वार्थका निम्ति पेसाको बदनाम गर्ने प्रवृत्ति बढेको देखिएको छ। पत्रकारको रूपमा पेसागत तथा व्यावसायिक मर्यादाभन्दा बाहिर गएर विभिन्न सौदाबाजी गर्ने, धाक धम्की दिने, गुण्डागर्दी गर्ने, समाचार तथा विभिन्न श्रव्यदृश्य सामग्रीको दुरुपयोग गरी समाज भड्काउने पात्र र प्रवृत्तिको नियमन तथा नियन्त्रण आवश्यक देखिएकाले नेपाल पत्रकार महासङ्घ, विभिन्न पेसागत सङ्घ(सङ्गठन, सुरक्षा निकाय समेतको समन्वयमा पेसागत शुद्धीकरणका लागि आवश्यक कदम चालिनेछ। समाजमा देखिएका यस्ता प्रवृत्ति विरुद्ध काउन्सिलमा तत्काल उजुरी गर्न आम सर्वसाधारण तथा जिम्मेवार व्यक्तिलाई अपील गर्दछु। यस्ता उजुरीमाथि तत्काल सुनुवाई तथा कारबाही हुनेछ। उजुरीको प्रकृतिअनुसार उजुरीकर्ताले चाहेमा गोपनीयता सुरक्षित गर्ने गरी व्यवस्था मिलाइनेछ।
८) आचारसंहिता अनुगमन र वर्गीकरण(हामी पत्रकार आचारसंहिता पालनामा सचेत र संवेदनशील नबन्दा भएका कमीकमजोरीका कारण पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै पत्रकार आचारसंहिता ९संशोधन(२०७६०को प्रभावकारी अनुगमन र पूर्णरूपमा पालना गर्नेरगराउनेतर्फ प्रयास गरिनेछ। ( हाल यथास्थितिमा रहेको आ।व। ०७५र०७६ को पत्रपत्रिका वर्गीकरणको कार्य यथाशीघ्र सम्पन्न गर्न पहल गरिनेछ। ( सामाजिक सञ्जाल सूचना सम्प्रेषणको माध्यम बनिरहेको सन्दर्भमा यसको सही प्रयोग सबैको कर्तव्य नै हुने हुँदा यसतर्फ ध्यान आकृष्ट गर्न चाहन्छु। त्यस्तै पत्रकार र सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरू सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने व्यवस्था प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता(२०७३ ९पहिलो संशोधन(२०७६० को ४९६० मा उल्लेख भएकोले सोहीअनुसार पत्रकार आचारसंहिताको पालना गर्न आव्हान गर्दछु।
९) पारिश्रमिकको निश्चित प्रतिशत सामाजिक सेवामा( पदमा बहाली रहँदा आफूले प्राप्त गर्ने सुविधा पारदर्शी बनाउँदै पारिश्रमिकको १० प्रतिशत सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्तिरसंस्थाको लागि उपलब्ध गराइने छ। सहयोगको अपेक्षा(मेरा यी प्रतिबद्धता कार्यान्वयनका लागि काउन्सिल बोर्ड, सचिवालयका सम्पूर्ण कर्मचारी, पत्रकारिता कर्ममा सम्बद्ध सबैको सहयोगको अपेक्षा गर्दछु।