• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नक्कली इन्सपेक्टर पोशाकसहित पक्राऊ

पावर संदेश
   १५ आश्विन २०७७, बिहीबार १५:०९  मा प्रकाशित
  • 1380 पटक पढिएको







  • वीरगंज, १५ असोज ।

    जिल्ला प्रहरी कार्यालय, पर्साले आज बिहान पत्रकार सम्मेलन गरी नक्कली प्रहरी निरीक्षकलाई पोशाकमै पक्राउ गरेको जनाएको छ । बुधवार मध्याह्न १२ बजे वीरगंज महानगर–१६ स्थित देव पार्टी प्यालेसबाट वडा प्रहरी कार्यालय, बिर्ताले नक्कली प्र.नि. बारा, जितपुरसिमरा उ.म.न.पा.–७ चौधरी टोल बस्ने वर्ष २९ को अजयकुमार रायलाई पक्राउ गरेको हो ।

    साथै प्रहरीले सो ठाउँबाट जितपुरसिमरा उ.म.न.पा.–५ बस्ने वर्ष ५७ को हिरालाल महतो, वर्ष २८ को बसन्त चौधरी, वीरगंज–१६ बस्ने वर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गा.पा.–५ सबैठवा बस्ने वर्ष ४७ को शिव नारायण चौरसिया, वीरगंज–२७ रानीघाट बस्ने वर्ष २५ को रामजी चौरसिया पनि पक्राउ गरेको छ । बुधवार देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा सञ्चालन भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले सो ठाउँमा छापामारी गरेको थियो ।

    प्रहरी सो ठाउँमा पुग्दा त्यहाँ बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीले परीक्षा दिइरहेका थिए । ती परीक्षार्थीसँग नक्कली प्रनि रायले ३ लाख ६१ हजार रकम असूल गरेर परीक्ष्ाँमा सहभागी गराएका थिए । परीक्षा हलबाट राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, सोको प्रश्न पत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

    रायले परीक्षार्थीहरूसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ई.प्र.का. नगवा पर्सामा गई म प्रहरी निरीक्षक भन्दै रकम असुल्ने गरेका थिए । यसअघि राय २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परेका थिए । उनले वीरगंज कारागारबाट ११० दिनको कैद सजाय भुक्तान गरेका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑