• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

खुमलटारमा गोप्य भेला, अविश्वासको प्रस्तावमाथि प्रचण्डको आक्रोश

पावर संदेश
   २६ आश्विन २०७७, सोमबार १२:२२  मा प्रकाशित
  • 618 पटक पढिएको







  • काठमाडौं ।
    नेकपा कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यले त्यहाकाँ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा दर्ता गरेपछि पूर्वमाओवादी केन्द्र सशंकित बनेको छ ।

    कर्णाली प्रदेशमा पूर्वएमालेहरू एक भएर मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पूर्वमाओवादी केन्द्रका नेताहरूले बहुमतको बलमा अरू प्रदेशमा पनि मुख्यमन्त्री हटाउने चेतावनी दिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसारै माथि काम भएको हुनसक्ने औंल्याउँदै पूर्वमाओवादी क्षुब्ध बनेको हो।

    आक्रोशित प्रचण्डले बिहानै खुमलटारमा गोप्य भेला आयोजना गरेर नेता नेपालसँग सोधेको पूर्वमाओवादी केन्द्रका एक नेताले बताए । खुमलटारको भेलामा नेता नेपालनिकट सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरू उपस्थित रहेको स्रोतको दाबी छ । पूर्वमाओवादी केन्द्रका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश इन्चार्ज जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरू थिए । केही माधव नेपालनिकट केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।

    “केन्द्रका नेताहरूको डिजाइनअनुसारै काम भएको हो भने यसको असर अन्यत्र पनि पर्छ। प्रदेश ३ मा कर्णाली विद्रोह दोहोरिनसक्छ । प्रदेश नम्बर १ मा पनि त्यो समस्या पर्छ,” एक पूर्वमाओवादी केन्द्रका नेताले बाह्रखरीसँग भने, “त्यहाँको पर्फमेन्स हामीलाई पनि चित्त बुझेको छैन। काम पनि गर्न नदिने, गरेन भनेर अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ रु”

    उनले पूर्वएमालेका पोलिटब्युरो र अहिलेका प्रदेशका सहइन्चार्ज रहेका यामलाल कँडेलको मुख्यमन्त्री बन्‍ने सपना भाँचिएकाले त्यसको प्रतिशोध साँधेको आरोप लगाए । कँडेलसहित पूर्वएमाले र माओवादी केन्द्रकासमेत गरी १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसले नेकपाको केन्द्रीय राजनीति तरङ्गित बनेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑