• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुर प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा शुरु

डोलराज रानाभाट
   २७ आश्विन २०७७, मंगलवार ०९:३७  मा प्रकाशित
  • 955 पटक पढिएको







  • नवलपुर।

    नजिकिदै गरेको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय नवलपुरले विशेष सुरक्षा योजना लागु गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी प्रकाश मल्लका अनुसार एकीकृत सुरक्षा योजना र जिल्ला सुरक्षा योजना गरी दुई वटा योजना सहित चाडपर्वलाई शान्त, व्यवस्थित र मर्यादीत बनाउन सुरु गरिएको हो ।

    असोज २० गते देखि नै एकीकृत सुरक्षा योजना लागु भएको र जिल्ला सुरक्षा योजना निरन्तर चलिरहेको एसपी मल्लले बताउनुभयो । एकीकृत सुरक्षा योजनामा नेपाल प्रहरी, ट्राफिक, शसस्त्र र आवश्यक परे नेपाली सेना समेत परिचालन गर्नेगरी निर्णय भएको मल्लले जानकारी दिनुभयो । चाडपर्वको समय हुन सक्ने अप्रिय घटना, सामाजिक खलल पुर्याउने व्यक्ति, सामाजिक सद्भाव विगार्नेहरुलाई विशेष निगरानीमा राखिएको बताउँदै एसपी मल्लले पोशाक सहित र सादा पोषाकमा पनि प्रहरी परिचालन भइरहेको बताउनुभयो ।

    पूर्व पश्चिम राजमार्ग भएको र कोभिड १९ को संक्रमण पनि कायमै रहदा जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको मल्लले बताउनुभयो । हाइवे क्षेत्रका ५ ठाउँमा सवारी चेकजाँच सुरु भएको र आवश्यक परे थप चेकजाँच गर्ने स्थान थप्ने बताउनुभयो ।

    जिल्लाभर करिव १ हजार प्रहरी परिचालन गरिने गरी तयार भई लागु भएको सुरक्षा योजना अन्र्तगत पेट्रोल गस्ती, साइकल तथा पैदल गस्ती, लङ रुट पेट्रोल एलआरपी गस्ती वढाइएको छ । त्यस्तै कुनै घटना भइहाले राष्ट्रिय अनुसन्धान टिम पनि तयारी अवस्थामा रहेको र जिल्ला प्रशासनको पनि उत्तीकै सक्रियता रहेको मल्ले बताउनुभयो ।

    साथै घटस्थापना देखि थप सुरक्षाको कार्यक्रम लागु गर्ने गरी यस पटक प्रहरी कर्मचारीलाई विदा नदिइने उहाँको भनाई छ । अहिले पनि २ जना प्रहरी र ३ जना शसस्त्रमा कोरोना संक्रमण भएर आइसोलेसनमा हुनुहुन्छ भने अन्य प्रहरीको पनि परीक्षण गर्ने कार्य चलिरहेको छ ।

    विभिन्न अपराधमा कैद सजाय पाएका तर फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तगर्त पक्राउ परेका ३ जनामा कोरोना संक्रमण पुष्टी सँगै प्रहरीमा संक्रमणको जोखिम रहेकाले स्वाव परीक्षणलाई तिव्रता दिइएको एसपी मल्लले बताउनुभयो ।

     



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑