
पोखरा ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तिब्र रुपले बढेको छ । आज विहान मत्रै पोखरामा ३० र बाग्लुङमा ५१ जना सहित ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गण्डकीमा एकै पटक यति ठूलो संख्या कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ६ः३० बजे दिएको जानकारी अनुसार पोखरास्थित चरक मेमोरियल अस्पतालमा ६ जना र गण्डकी मेडिकल कलेजमा एक जना संक्रमित भेटिएका हुन् । यसैगरी पोखराका १२ वटा वडामा अन्य संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यस्तै गोरखामा ७, नवलपरासीमा ६ रलमजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बाग्लुङ भेटिएका ५१ जना संक्रमितमध्ये ४१ जना पुरुष छन् ।
योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ५ हजार २ सय ८४ जना पुगेको छ ।