भिम भुसाल, देवचुली ।
पछिल्लो समय नेपालमा बलात्कारका घटना बढिरहेकाले यसको न्यूनीकरणका लागि नवलपुरको दलदलेमा प्रदर्शन गरिएको छ । नवलपुरमा समेत पछिल्लो समय बलत्कारका घटना बढेकोले त्यसका विरुद्ध देवचुली नगरपालिका क्षेत्रका किशोर किशोरीले सडकमा प्रदर्शन गरेका हुन् ।
दलदले चोकमा भेला भएका ५० बढी युवा युवतीहरुले आज शनिवार कालो कपडा लगाई टाउकोमा कालो पट्टी लगाएर बलात्कार बिरुद्ध प्रदर्शन गरेका हुन् ।
बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको छ ।