• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

मुण्डे–किर्तिपुर–बन्दीपुर सडक निर्माण समयमै सक्न ताकेता गरेका छौँ : प्रदेश सभा सदस्य गाहा

दयाराम आचार्य
   ३ कार्तिक २०७७, सोमबार १७:४२  मा प्रकाशित
  • 846 पटक पढिएको







  • कावासोती ।

    बन्दाबन्दीसंगै रोकिएको सडक निर्माणको काम पुनः शुरु हुने भएको छ । नवलपरासी पूर्व नवलपुरको मुन्डे–किर्तिपुर–बन्दीपुर सडक निर्माणको काम पुनः शुरु गर्न लागिएको हो । एक निर्वाचन क्षेत्र एक सडक निर्माण योजना अन्तर्गतको यो सडक निर्माण कार्यले पुनः गति लिने भएको छ । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, देवचुली नगरपालिका उप –प्रमुख पार्वता तिवारी , पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख रविन्द्र तिवारी र निर्माणको जिम्मा पाएको ठेकेदार कम्पिनीका प्राविधिक सहितको टोलीले सोमबार सो क्षेत्रको स्थलगत निरिक्षण गरेको छ ।

    कोभिड-१९ का कारण हाल सडक निर्माण कार्य रोकिएको अवस्थामा रहेको छ । गत आर्थिक वर्षबाट काम शुरु गरिएकोमा कोभिडका कारण भएको बन्दाबन्दी संगै निर्माणको कार्य रोकिएको थियो । निर्माणको काम रोकिदा समयमा सडक निर्माणको योजना सम्पन्न हुन नसक्ने भएकाले समयमै निर्माणको कार्य सम्पन्न गर्ने गरि कार्य अगाडी बढाउन यस क्षेत्रको निरिक्षणमा पुगेको गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले बताउनुभयो ।

    सडक निर्माणको क्रममा देखिएका समस्याहरु पहिचान गर्दै सहज रुपमा कार्य अगाडी बढाउन समन्वयकालागि आफु सहितको टोली स्थलगत निरिक्षणमा पुगेको प्रदेश सभा सदस्य गाहाले बताउनु भएको छ । पहाडी क्षेत्रको विकासको पहिलो आधार सडक पूर्वाधार निर्माण गर्नु भएकाले पहिलो प्राथमिकतामा राखि यसको समयमै निर्माण सम्पन्न गराउन आफुले पहल गरिरहेको उहाँले बताउनुभयो । सहज रुपमा यातायात संचालन गर्ने गरि सडक निर्माण गर्ने वित्तिकै किर्तिपुर ,बन्दीपुर संगै आसपासका क्षेत्रमा धेरै सम्भावनाका ढोका खुल्छन्, प्रदेश सदस्य गाहाले भन्नुभयो–कृषि, पर्यटनले यहाँको जिवनस्तर सुधार गर्न मद्धत पुग्ने छ । यसै क्रममा प्रदेश सभा सदस्य गाहाले मुण्डे –किर्तिपुर– बन्दीपुर सडक आसपासका बासिन्दा संग छलफल समेत गर्नुभएको थियो ।

    प्रदेश सरकारको रु. २८ करोड २३ लाख ४५ हजारको लागतमा सडक निर्माणको कार्य थालिएको हो । रायमाझी कन्सट्रक्सनले सडक निर्माण कार्य गरिरहेको छ । यो सडक निर्माण २०७८ चैतमा सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।

    पूर्वाधार विकास कार्यालय कावासोतीले सडक निर्माण सुरुका लागि निर्माण कम्पन्नीलाई निर्देशन दिइ सकेको पूर्वाधार विकास कार्यालयका प्रमुख तिवारीले बताउनुभयो । यसै महिनाबाट रोकिएको काम शुरु गरर्ने निर्माण कम्पनीले जनाएको उहाँले बताउनुभयो ।

    १० किलोमिटर लामो सडक निर्माणले मगर जातिको बाक्लो बस्ती रहेको यो ठाउँका उत्पादनले बजार सम्म सहज पहुँच पाउने देवचुली नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताउनु भयो । देवचुली नगरपालिकाको लागि यो महत्वपूर्ण योजना रहेको उप प्रमुख पार्वता तिवारी बताउनु भयो । यस खण्डमा करिब सात सय मिटरमा नयाँ ट्रयाक खोल्नुपर्ने छ । यसै महिनाबाट ट्रयाक खोल्ने काम समेत शुरु हुने समेत उप प्रमुख तिवारीले बताउनुभयो । सडक निर्माण संगै बन्दीपुरमा विद्युतिकरणको कार्यसमेत अगाडी बढने देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । सडकको काम अगाडी नबढ्दा विद्युतिकरणमा समेत समस्या भएको भन्दै अब सडकको ट्रयाक खुल्ने बित्तिकै विद्युतिकरणको काम समेत अगाडी बढने उहाँले बताउनुभयो ।

    लामो समय सम्म सहज रुपमा सडकको पहूँचमा समेत नरहेका बन्दीपुरका स्थानीयहरु यस आयोजना सम्पन्न भएमा यातायातको सहजता हुनेमा आशाबादी रहेका छन् । अहिले उत्पादन भएका कृषि उपज समेत बजार सम्म पुर्याउन नपाउदा समस्या भएको, विरामी पर्दा उपचारकालागि जान समेत कठिनाई भोग्दै आएकोमा बन्दीपुरका स्थानीय यम बहादुर डिस्वाले गुनासो गर्नुभयो । अब यस सडक योजना निर्माण सम्पन्न भएका आफुहरुलाई धेरै सहजता हुने उहाँले बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑