
देवचुली ।
चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट नवलपरासी पूर्व देवचुली नगरपालिका वडा नम्बर ११ की ७५ वर्षीय एक महिलाको आज दिउँसो निधन भएको छ ।

मेडिकल कलेजले प्रेषित गरेको विज्ञप्तिमा श्वासप्रश्वासमा समस्या भएर घाँटी दुख्ने र ज्वरो आउने भएपछि उहाँ असोज २७ गते अस्पताल भर्ना हुनुभएको थियो । असोज ३० गते कोरोना पुष्टि भएपछि मृतक महिलालाई आईसीयूमा राखेर उपचार गरिएकोमा आज निधन भएको अस्पताले विज्ञप्तिमा जनाएको छ ।
यो सँगै जिल्लामा मृतकको संख्या १२ पुगेको छ । जसमध्ये गैंडाकोटमा ४ जना, देवचुली ३, कावासोती १,मध्यविन्दु २ र विनयि त्रिवेणीका २ जनाको मृत्यु भएको हो ।