• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

पावर संदेश
   ६ कार्तिक २०७७, बिहीबार ०८:३९  मा प्रकाशित
  • 521 पटक पढिएको







  • काठमाडौं । 
    स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा आगामी ९ मंसिरदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय भएको, तर कोभिड– १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षाको तालिका बुधबार सार्वजनिक गरेको हो ।

    बोर्डले कक्षा १२ को परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म सञ्चालन गर्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ९ देखि १६ मंसिरसम्म सञ्चालन हुने परीक्षाको तयारी भइरहेको छ । कार्यविधिअनुसार प्रश्नपत्र निर्माणको तयारी भइरहेको उनले बताए । उत्तरपुस्तिका पहिले कायम भएका परीक्षा केन्द्रसम्म पुऱ्याउने र त्यहाँबाट विद्यालयले लैजाने व्यवस्था गर्ने बताए ।

    होमसेन्टर कायम गरी परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । विद्यार्थीले आफैँले पढेको विद्यालयमा पुगेर जाँच दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था हुने उनले बताए । काठमाडौं उपत्यकाभित्रका जिल्लामा विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा दिन जानुपर्छ । बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ ।

    बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिने भएको हो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत प्रयोगात्मक परीक्षा वा आन्तरिक मूल्यांकन हुने गरी कार्यविधि तयार भएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए । यसरी लिइने परीक्षाको समय डेढ घन्टाको हुनेछ । विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र तयार गरिँदै छ । सकेसम्म सबै पाठ्यक्रमलाई समेट्ने प्रयास हुने पौडेलले बताए ।

    कोरोना भाइरसका कारण स्थगित भएका एसइईको आन्तरिक मूल्यांकन भएर नतिजासमेत आइसकेको छ । त्यसैगरी कक्षा ११ को परीक्षासमेत विद्यालयले आन्तरिक परीक्षा लिएर ग्रेटसिट दिने निर्णय भइसकेको छ । विद्यालय तहको अन्तिम परीक्षा भएकाले विश्वसनीय बनाउन मूल्यांकनका विभिन्न आधार तयार गरी परीक्षा लिने सहमति भएको हो । कोभिड– १९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा १२ मा चार लाख ३१ हजार बढी परीक्षार्थी छन् ।

    कोरोना संक्रमणको जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा सम्पन्न गर्न विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । राष्ट्रिय परीक्षा बोर्डले चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने, ओपन बुक प्रणाली, त्यसमा पनि कक्षा ११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने, अनलाइन प्रणालीबाट परीक्षा लिनेलगायतका विकल्पसहितको प्रतिवेदन बुझाएको थियो ।

    संक्रमित विद्यार्थीको परीक्षा निको भएपछि लिइने 

    कक्षा १२ को परीक्षा दिने विद्यार्थी कोरोना संक्रमित भएको वा आइसोलेसनमा बसेको अवस्थामा निको भएपछि परीक्षा लिने व्यवस्था गरेको छ । अध्यक्ष पौडेलका अनुसार कोभिड– १९ पजिटिभ भएको रिपोर्ट आफैँले पढेको विद्यालयमा पेस गरेपछि कोभिड भएको कम्तीमा १५ दिनपछि परीक्षा लिने व्यवस्थापन हुने बताए । उनले भने, ‘कुनै परीक्षार्थीलाई कोभिड भएको छ र जाँच दिन पाइएन भन्ने विद्यार्थी र अभिभावकले चिन्ता गर्नुपर्दैन, पजिटिभ भएको रिपोर्ट विद्यालयमा पेस गरेपछि अर्को परीक्षाको व्यवस्था हुन्छ ।’

    परीक्षा हलमा विद्यार्थीबीचको दूरी कम्तीमा दुई मिटर फरक गर्नुपर्ने व्यवस्था गरेको छ । परीक्षा दिन आउँदा कसैलाई रुघा वा ज्वरो आएमा छुट्टै बसेर जाँच दिने व्यवस्था हुने उनले बताए । जति ठूलो हल भए पनि एउटा हलमा २० भन्दा बढी विद्यार्थी राख्न पाइँदैन । परीक्षा केन्द्रमा माक्सलगायतका स्वास्थ्य रहने उपाय अवलम्बन गर्नुपर्नेछ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑