
गैंडाकोट ।
पूर्वी नवलपरासीमा गएराति भएकाे सवारी दुर्घटनामा परी एक जनाकाे निधन भएकाे छ ।
गैडाकाेट ९ थुम्सीमा पूर्वबाट पश्चिम आउदै गरेकाे लु ४३ प ६८९७ नम्बरकाे माेटरसाईकल आफै अनियन्त्रित भई डाईभर्सनबाट १० फिट तल खस्दा माेटरसाईकल चालककाे निधन भएकाे हाे ।

दुर्घटनामा परी गम्भीर घाईते बाराकाे बारागढी गाउँपालिका ४ घर भई हाल गैडाकाेेट १२ हर्कपुरमा माेटरसाईकल ग्यारेजका मजदुर २५ बर्षीय गाैतम चाैधरीकाे नयाँ मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा निधन भएकाे गैडाकाेट प्रहरीलेे जनाएकाे छ।