काठमाडौं ।
काठमाडौंको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।
शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो।
छुरा प्रहारबाट २५ वर्षीय आषिश मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। मगर पेन्टिङको काम गर्थे।
उनीमाथि छुरा प्रहार गर्ने दुई जना पक्राउ परेका छन्। प्रवक्ता राठौरका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। अन्य दुई जना अझै फरार छन्।
उनीहरूबीच झडप भएको र छुरा घोप्नु पर्ने कारण खुलिसकेको छैन। अनुसन्धानको विषय छु प्रवक्ता राठौरले बताए।