देवचुली।
कोरोना भाईरसको बढ्दो संक्रमणका कारण तत्काल देवचुली हाता भित्र रहेका कुनै पनि शैक्षिक संस्था संचालन नगर्न नगरपालिकाले आग्रह गरेको छ । सामुदायिक स्तरमा बढ्दो कोरोना भाईरसको कारण नागरिकहरुमा जटिल परिस्थिती सृजना हुनसक्ने भन्दै नगरपालिका भित्र रहेका कुनै पनि (विद्यालय,मन्टेश्वरी, गुरुकुल, कोचिङ्ग सेन्टर लगायत भाषा तथा तालिम प्रदायक संस्था) हरु नगरपालिकाबाट पुनः सुचना नगरिए सम्म संचालन नगर्न अनुरोध गरेको हो ।यध्यपी विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गर्दै सिकाई निर्देशिका–२०७७ अनुसार गर्न तर प्रत्यक्षरुपमा विद्यार्थीहरु सम्पर्क हुनेगरि आमने–सामने विधिबाट पठनपाठनका कुनै पनि क्रियाकलापहरु नगर्न र नगराउनको लागि पनि अपिल गरेको छ ।