
ज्ञानु पंगेनी कावासोती।
नवलपरासी पूर्व (नवलपुरको) बुलिङ्गटार गाउपालिकामा भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर पाँच लपाक बस्ने ३१ वर्षकी पिहिसरा सार्की रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक सार्की बुधबार बिहान सवा ६ बजेतिर लापाकको भिरमा घाँस काट्न जानुभएको थियो । अबेरसम्म पनि उहाँ घर नआएपछि उहाँका आफन्तले खोजी गर्नेक्रममा भिरबाट २५ मिटर तल खसि मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।