काठमाडौं ।
काठमाडौं महानगरीय ट्राफिक प्रहरीले ४० भन्दा बढी स्थानमा डमी ट्राफिक संचालनमा ल्याएको छ । ट्राफिक प्रहरीलाई प्रहरी मैत्रि र बढ्दो सवारी चाप ब्यवस्थापनको लागि स्पीकर सहितको डमीहरु विभिन्न ठाउँमा राखेको हो । डमीको माध्यमबाट ट्राफिक नियमको पालना गर्न र सवारी चालकहरुलाई सम्झन सजिलो होस भन्ने हेतुले ट्राफिक नियम सम्बन्धी जागरुकताका गितहरु जोडिएको ट्राफिक प्रमुखको भनाई छ । उहाँका अनुसार गितहरु सम्झन मानिसहरुलाई सजिलो हुन्छ भन्ने अभिप्रायले यस्तो अभियान ल्याईएको हो ।