नेपाली PUBG Team Abrupt Slayer (ASL)ले दक्षिण एसिया PMPL को उपाधि जितेको छ । दक्षिण एसियामा रहेका विभिन्न राष्ट्रहरुको सहभागिता भएको उत्त प्रतियोगितामा नेपाली टिम उत्कृष्ट भएको हो । प्रतियोगितको प्रथम पुरस्कार लगभग ४७ लाख राखिएको थियो । नेपाली PUBG Team Abrupt Slayer (ASL)ले प्रतियोगितामा प्रथम भई उत्त पुरस्कार जित्न सफल भएको छ । त्यस्तै अर्को नेपाली टिम Da Real Soldier (DRS) पहिलो रनर अप हुन सफल भएको छ । उत्त टिमले २ लाख बराबरको पुरस्कार प्राप्त गरेको छ।
योसँगै दुवै टोलिाई PUBG मोबाईल ग्लोबल च्याम्पियनसिपका लागि छनोट गरिएको छ । उक्त प्रतियोगितामा विश्वभरबाट विभिन्न प्रतियोगिहरु सामेल हुनेछन् भने उत्कृष्ट हुने टोलिले २० लाग अमेरिकी डलर प्राप्त गर्नेछन् ।