आज एका विहानै काठमाडौं भयानक दुर्घटना भएको छ । काठमाडौं कंलकीमा कुखुरा बोक्ने गाडीले मकालु पेट्रोल पम्प अगाडि रोकिरहेको ट्रकलाई ठक्कर दिदा ३ जनाको घटना स्थलमानै मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
एकाविहानै मकालु पेट्रोल पम्म अगाडि पार्किङ गरी राखिएको बा ३ ख ७५३० नम्मरको ट्रकलाई बल्खुबाट सितापाईला जादै गरेको बा ५ख८८६५ नम्मरको कुखुरा बोक्ने गाडिले एक्कासी ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार ३ जनाको मृत्यु भएको प्रहरी ले जानकारी दिएको छ ।
खोज तलासी गर्दा मृत्यु हुनेहरुको परिचय पनि खुलेको छ । मृत्यु हुनेमा नुवाकोटका २४ बर्षिय रोशन तामाङ, ३७ बर्षिय माधव घिमिरे र २७ बर्षिय भुपेन्द्र तामाङ रहेको प्रहरिले जनाएको छ ।