• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

आज नेकपाको सचिवालय बैठक बस्दै, के फुक्ला त विवादको गाँठो ?

पावर संदेश
   २८ कार्तिक २०७७, शुक्रबार ०८:२०  मा प्रकाशित
  • 534 पटक पढिएको







  • सम्पादकीय,
    पछिल्लो समय नेकपा पार्टि भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । दुई अध्यक्षविचको तिक्ततापूर्ण सम्बन्धको कारण पार्टिमा नै गम्भिर संकट उत्पन्न भएको हो । सरकारको नेतृत्व गरिरहेको नेकपामा दुई अध्यक्ष एक–अर्काको कार्यशैलीका कारण पार्टिमा विवाद उत्पन्न भएको आम सरकारवालाहरुको ठम्याई छ । पटक पटक गरिएका सहमतिका बाबजुत पार्टिमा असामान्य स्थीति सृजना भएपछि कतै पार्टि विभाजन र विसर्जनको बाटोतर्फ उन्मुख त छैन भन्ने आम नेता कार्यकर्तामा चिन्ताको विषय बनेको छ । यसो त पार्टि एकिकरणको समय देखिनै सिद्धान्त, नेत्तृत्व र शत्ति बाडफाँडमा विवाद नभएको भने होइन । विवाद समाधान कै लागि नेकपाले पार्टिमा दुई अध्यक्ष व्यवस्था गरेको थियो । सम्भवतः एउटै पार्टिमा दुई अध्यक्ष भएको विरलै सुन्न र देख्न पाईन्छ ।
    विडम्वना नै भन्नु पर्छ पछिल्लो समय सरकारले जुन कार्यशैली प्रस्तुत गरेको छ, त्यसबाट पार्टि मात्र नभएर आम नागरिकमा पनि निरासा छाएको छ । सरकारले आफैले गरेका निर्णयहरु विरोधकै कारण फिर्ता लिनु परेको छ । भर्खरै मात्र कोरोना संक्रमितको उपचार गर्दा खर्च संक्रमित स्वयमले व्यहोनुपर्ने निर्णय गरेको थियो, सर्वत्र विरोध पछि सरकार आफ्नो निर्णय बाटपछि हट्नु परेको थियो ।
    प्रधानमन्त्री केपिशर्मा ओलीको अविवेकि पूर्ण निर्णयले गर्दा पार्टिको नै वदनाम भएको, आम नागरिकको पार्टि प्रतिको विश्वास कम हुँदै गएको, विवादित व्यक्तिहरुलाई सरकारले संरक्षण गरेको, भष्ट्राचार बढेको, जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको, एकलौटि निर्णय गरेको, तथा सरकार पार्टिको नीति,नियम र सिद्धान्त अनुसार चल्न नसकेको भन्दै अध्यक्ष प्रचण्ड लगाएतका (माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल) नेताहरुल आरोप छ । भने सरकारले गरेका कामकारबाहिमा पार्टिले अंकुस थापेको र सरकारले गरेका राम्रा काम हरु पार्टिले शिरारोपण गर्न नसकेको, कारण सरकारको वदनाम भएको त्यस्तै कार्यकारी अध्यक्ष भएर प्रचण्डले गुटको मात्र प्रतिनिधित्व गरेको, वैठकमा पार्टि र सरकारको कामको समिक्षाको साटो बारम्बार प्रधानमन्त्रीको राजिनामा मागेको कारण पार्टिमा समस्या सृजना भएको बैठक बस्न नसकिएको ओलि पक्षको आरोप छ ।
    एक आपसमा आरोप–प्रत्यारोपको कारण नेकपाको बैठक लामो समय देखि बस्न सकेको थिएन । दुई अध्यक्ष विचको विवाद समाधानको लागि दोस्रो तहका नेताहरुको अथक प्रयास पनि सफल हुन सकेको थिएन । पार्टिका कार्यकारी अध्यक्ष प्रचण्ड लगाएतका नेताहरुले बारम्बार प्रधानमन्त्री समक्ष सचिवालय वैठकको लागि आग्रह गरे पनि प्रधानमन्त्री केपिशर्मा ओलि बैठकको लागि तयार थिएनन । अन्ततः प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दे सचिवालय बैठक आह्वान गर्ने निर्णयमा पुगेका थिए जसमा माधमकुमार नेपाल, बामदेब गौतम, झलनाथ खनाल र नारायणकासी श्रेष्ठको पनि समर्थन थियो । प्रधानमन्त्री केपिशर्मा ओलिले पार्टिमा आफु कमजोर देखेपछि महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सचिवालय बैठक बस्ने सहमति जनाएका थिए । सोहि अनुरुप आज अपह्रान्न ४ बजे नेकपाको सचिवालय बैठक बस्ने निर्णय भएको थियो ।
    के आजबस्ने नेकपाको बैठक विवाद समाधान तर्फ उन्मुख होला ? आशा गरौ, आज बस्ने सचिवालयको बैठकले पार्टि भित्रको विवाद र गतिरोध अन्त्य गरि आउने दिनमा सरकार र पार्टिको कामकार्वाहीलाई जनअपेक्षा अनुरुप अगाडि बढाउने छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑