बझाङ :१ मंसिर,
बझाङको जयपृथ्वी नगरपालीका वडा नं १० चैनपुरवाट प्रहरीले सोमवार चार वजेतिर जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले जुवातास खेल्दै गरेको अवस्थामा सदरमुखकाम चैनपुरमा रहेकाे सुर्मा गाउँपालिकामा ने क पा बाटका उम्मेदवार रहेका सेर बहादुर बाेहराकाे घर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । अन्य नामिक जुवाडे खेलाडी घरकाे छतबाट हाम फाली भाग्न सफल भएका डिएसपी खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्का का अनुसार पक्राउ पर्नेमा बझाङको मस्टा गाँउपालीकाका हाल चैनपुरमा बस्दै अाएका नामीक ठेकेदार दिपक रोकाया, जयपृथ्वी नगरपालीका १० चैनपुरका पुरन धामी ,जनपा ९ देवलाका देवेन्द्र खड्का, सुर्मा गाँउपालीकाका टोप बहादुर वोहरा, मस्टा गाँउपालीका वडा १ का राजेन्द्र खड्का, छविसपाथिभरा गाँउपालीका २ का विर वहादुर मन्डेल र वुगल नगरपालीका वडा ९ का शेरवहादुर वोहरा प्रक्राउ परेको बताए । यी जुवाडे खेलाडी लाई भाईटिकाकै दिन प्रकाउ गरेकाे थियाे।
प्रहरी प्रमुख खड्काका अनुसार पक्राउ परेकाहरुकोे साथबाट ८ गड्डी तास सहित १ लाख ६२ हजार ३सय २० रुपैयाँ पनि बरामद वरामद गरेको बताए । प्रहरी प्रमुख खड्काका अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धानका हिरासतमा राखीएको र उनिविरुद जुवातास ऐन, अनुसार कारवाही हुने बताए ।