नवलपरासी ।
पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँपालिकामा एक जना बालिकाको सामुहिक बलत्कार भएको छ । पाल्हिनन्दन–२, भक्सिपुर बस्ने १५ बर्षीय बालिकाको सामुहिक बलत्कार भएको हो । बालिकाको कात्र्तिक २७ गते, करिब ८ बजे घरको पम्पबाट अपहरण गरि झरही नदी बाट करिव २ किलोमिटर टाढा लगि बलत्कार गरेको बालिकाकी आमाले जानकारी दिएकी छन् । बलत्कृत बालिकाकी आमाका अनुसार
सोहि गाउँपालिका–२, अमानिगन्जका ७ जना मिली बालिकालाई बलत्कार गरेको बताएकि छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पीडिल परिवारले घटनाको मुद्दा दर्ता गराइसकेका छन् । घटनामा सङ्लग्न ७ जना मध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमानिगन्जका कृष्ण गुप्ता र किसन सहानी रहेका छन् भने अन्यको खोजि कार्य भइरहको जिल्ला प्रहरी कार्यालय नवलपरासिले जानकारी दिएको छ । त्यस्तै मेडिकल रिर्पोट अनुसार घटनाको थप अनुसन्धान गर्ने कार्यलयले जनाएको छ ।
त्यस्तै परिवारका अनुसार घटना मिलाउन धम्की तथा पैसाको लालच समेत आएकोले ज्यू–ज्यानको रक्षा गर्न प्रहरी सङ परिवारले आग्रह समेत गरेको छ ।