नवलपरासी ।
तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाईएको र सिमा सुरक्षामा निगरानी बढाइए छ ।
पश्चिम नवलपरासीमा प्रहरीले विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट करिब २ लाख २० हजार ४० रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकाहरू नियन्त्रण गरि नष्ट गरिएको छ । भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउदै गरेको राईट रोल क्याप्स , ग्राउण्ड चक्र ,फ्लोर पोटस सानो , फ्लोर पोटस ठुलो , झीलझिले लगायत पटाका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट पटाका नियन्त्रण गरिएको हो ।
नियन्त्रण गरिएको पटाका बिहिवार जनप्रतिनिधि ,संचारकर्मी तथा स्थानीय लगायतको उपस्थितिमा खाल्टो खनि पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।