• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

गण्डकी प्रदेशद्वारा कोभिड-१९ सहजीकरण समन्वय समिति गठन

पावर संदेश
   ६ मंसिर २०७७, शनिबार २३:३६  मा प्रकाशित
  • 318 पटक पढिएको







  • पोखरा । गण्डकी प्रदेशले कोभिड-१९ सम्बन्धी सहजीकरण तथा समन्वय समिति गठन गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माको अध्यक्षतामा ७ सदस्यीय प्रदेशस्तरीय समिति गठन भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. राम केसीले जानकारी दिए । ‘प्रदेशका जनताले अस्पतालमा बेड खोज्दै भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न समिति गठन गरेका छौं,’ डा. केसीले भने ।

    समितिमा मन्त्रालयका प्रतिनिधि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख अर्जुन आचार्य, मनिपाल अस्पताल, चरक मेमोरियल अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पतालका निर्देशक सदस्य छन् ।

    समितिले पोखराका निजी अस्पतालसँग दिनको २ पटक अस्पतालहरूका बेड संख्या, बिरामी संख्याबारे तथ्य संकलन गर्नेछ । यसका लागि अस्पतालहरुमा फोकल पर्सन चुनिएको केसीले बताए ।

    प्रदेशमा निजी अस्पतालले बिरामी लिन नमान्ने घटना बढेपछि प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको निर्देशनमा समिति बनाइएको हो । पोखरामा बेड नपाएर बिहीबार स्याङ्जाकी धनमाया गुरुङको मृत्यु भएपछि मन्त्री पुनले बैठक राखेर समन्वय समिति बनाएकी हुन् ।

    बैठकमा कोभिडबाट मृत्यु हुनेको शव व्यवस्थापनलाई कसरी छिटोछरितो बनाउनेबारे पनि छलफल भएको थियो । त्यस्तै बेड अवस्थाबारे अस्पतालका फोकल व्यक्तिबाट लिइएको सूचनालाई बिरामीसँग पु¥याउने गरी कल सेन्टर बनाउने निर्णय पनि बैठकले गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑