पूर्वी चितवनको निर्माणाधिन आकाशे पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। आकाशे पुलमा भेटिएको होक्स वम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हो।
विहान टांडी बजार स्थित निर्माणाधिन आकाशे पुल तल भागमा २ वटा शंकास्पद वस्तु भेटिएको थियो । ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक रविन कार्कीले नेपाली सेनाको वम डिस्पोजल टोलीले वम डिस्पोज गरिसकेको र वम डिस्पोज गर्दा कुनैपनि क्षति नभएको जानकारी दिएकाछन्।
पुलमा विप्लव समुहको ब्यानरसहित २ वटा शंकास्पद वस्तु भेटिएको हो ।शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको थियो ।