देवचुली । देवचुली नगरपालिकाद्वारा मिति २०७७/०८/०५ मा सङ्कलन गरि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पि सि आर परिक्षणको आज प्राप्त नतिजा अनुसार सङ्कलन २८ जना मध्ये देवचुली नगरपालिका वडा नम्बर १३ कि २५ बर्षिय महिला, वडा नम्बर १४ का ४१ बर्षिय पुरुष,वडा नम्बर १५ का ५३ वर्षिय पुरुष तथा २४ र ३२ बर्षिय सुरक्षा कर्मी २ जना समेत जम्मा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।यो समेत देवचुली नगरपालिका मा जम्मा सङ्क्रमित को संख्या ४५२ पुगेको छ। त्यसै गरि फलोअप परिक्षण गरिएको ३६ जनाको नतिजा नेगेटिभ आएको छ।