नवलपुर ।
पुर्वी नवलपरासीको कावासोती–१२ पिठौलीमा यस बर्ष हरिबोधनी एकादशी मेला नलाग्ने भएको छ । कोरोना भाइरसको कारण देखाउदै मेलामा भिडभाड अत्याधिक हुने भएकाले जिल्ला प्रसासन कार्यलय तथा कावासोती नगरपालिका वडा नं. १२ ले रोक लगाएको छ । यही मंसिर ५ गते वसेको वडा समितिको बैठकले मेला नगर्ने निर्णय गरेको थियो ।
सरकारले कोरोना भाइरसको जोखिको कारण भिडभाड जम्मा नहुन र सामुहिकरुपमा कुनै पनि कार्य गर्न नदिन स्थानिय निकायहरुलाई निर्देशन पनि दिएको छ ।
सरकारले तोकेको मापदण्ड र निर्देश अनुसार नै मेला नलगाउने निर्णय भएको वडा अध्यक्ष खेमप्रसाद काफ्ले जानकारी दिनुभयो ।
तर सरकारले तोकेको मापदण्ड अनुसार भक्तजनहरुलाई एकादशी पुजा तथा स्थान गर्न भने कुनै रोक नलगाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।