काठमाडौं- सरकारले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ‘सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने।
यसका साथै भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय भएको समेत उनले बताए।
यस्तै बंगलादेश र भारतमा व्यावासायिक उडान सुरु गर्नेसमेत निर्णय बैठकले गरेको छ।