नवलपुर ।
पूर्वी नवलपुर जिल्लाकाे स्वास्थ्य प्रमुख केशव चापागाईलाई कोभिड १९ पोजेटिभ देखिएको छ ।
ज्वरो आउने, शरिर दुख्ने, खोकी लाग्ने र आछ्यू आउने लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा नवलपुरले जनाएको छ ।
नवलपुरका स्वास्थ्य प्रमुख चापागाईको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र कार्यालयकै क्वाटरमा आइसोलेशनमा बसेको चापागाईले बताए ।