कास्की ।
कास्कीमा १३ बर्षे बालिका आफ्नै बुवाबाट बारम्बार बलत्कृत भएको तथ्य खुल्न आएको छ । बालिका स्वयमले आफु बुवाबाट लामो समय देखि बलत्कृत हुँदै आएको बताएकी छन् ।
बुबाले कक्षा चारमा पढ्दा देखि नै दुव्र्यहार गरेको र अनैतिक सम्बन्ध गासेको जाकारीमा आएको छ । बुबावाट बलत्कृत भएको कुरा आमालाई बताउदा विश्वास नगरेको र आफन्त सँग सहयोग माग्दा पनि कुनै सहयोग नपाएको बालिकाले बताएकी छन् ।
कसैबाट सहयोग नपाए पछि अन्तमा आफुले एनजीयो लाई खवर गरेको र एनजीयोको सहयोगमा प्रहरी समक्ष यो कुरा पुगेपछि बाहिर आएको हो । अहिले बालिकाको बुवालाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।