• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

गण्डकी सरकारद्धारा ‘प्रदेश ऐन सङ्ग्रह’ सार्वजनिक

पावर संदेश
   १३ मंसिर २०७७, शनिबार ०८:३४  मा प्रकाशित
  • 306 पटक पढिएको







  • पोखरा ।
    गण्डकी प्रदेश सरकारले ‘प्रदेश ऐन सङ्ग्रह’ सार्वजनिक गरेको छ । प्रदेशसभाबाट हालसम्म पारित कानूनको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न चारखण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको चारवटा सङ्ग्रह पुस्तकको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विमोचन गर्नुभयो ।
    गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्ये ४४ वटा पुस्तिकामा समावेश गरिएको छ । प्रदेशले पारित गरेका ऐन कानून स्थानीय तह, अदालतलगायतका कानूून कार्यान्वयन गर्ने एकाइमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकाय बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको र सबै निकायमा उपलब्ध गराइने मन्त्री चुमानले बताउनुभयो ।

    प्रदेशको एकल अधिकार सूचीमा रहेका कानून संविधानसँग नबाँझिने गरी बनाउने गरिएको बताउँदै मन्त्री चुमानले भन्नुभयो, “एकल अधिकार सूचीका कानून बनाउँदा संविधानसँग नबाँझिने गरी बनाएका छौँ । कतिपय साझा अधिकार सूचीमा रहेका विषयमा सङ्घमा कानून नबन्दा प्रदेशलाई अप्ठ्यारो भए पनि सङ्घको मापदण्ड र आधारअनुसार कानून निर्माण गरेका छौँ ।”
    मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताउनुभयो । प्रदेश ऐन सङ्ग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग÷निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेशसभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्बन्धित ऐन समावेश छ ।
    यसैगरी दोस्रो खण्डमा राजस्व, आर्थिक प्रशासन, यातायात, जलस्रोत ऊर्जा तथा भौतिक पूर्वाधारसँग सम्बन्धित कानून, तेस्रो खण्डमा उद्योग वाणिज्य, पर्यटन, वन वातावरण, विज्ञान प्रविधि, खाद्य, कृषि, सहकारी र भूमिसँग सम्बन्धित कानून छन् । चौथो खण्डमा शिक्षा, स्वास्थ्य, खेलकूद, महिला, बालबालिका, समाज कल्याण तथा संस्कृतिसँग सम्बन्धित विषय छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑