काठमाडौं ।
दश दिनको समयसिमा पछि नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ । अघिल्लो बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेश गरेको प्रस्तावको प्रतिउत्तरमा ओलीले आफ्नो राजनितिक प्रतिवेदन पेश गर्न लागेका हुन् ।
अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्नो प्रस्ताव राख्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको जवाफ तयार भएको जानकारी यस अघिनै दिएका छन् । उनले प्रधानमन्त्री ओलीले पेश गर्ने प्रस्तावले उहाँमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताएका छन् । कात्तिक २८ को सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु्ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रधानमन्त्री पक्षधर नेताहरूले यसलाई आरोप (पत्र भनेका छन्। प्रचण्डले राजनीतिक रूपमा लगाएको आरोपको जवाफ दिने र फौजदारी आरोप प्रमाणित गर्न चुनौती दिने तयारी प्रधानमन्त्रीको रहेको उनी निकट स्रोतले जनाएको छ ।
पार्टी भित्र आन्तरिक किचलो र आरोप प्रत्यारोप बढ्दै गर्दा पार्टी करीव फुटको नजिक पुगेको यध्यपी फुटको घोषणा मात्र हुन बाँकी रहेको धेरैको ठम्याइ छ । त्यस कारण पनि प्रधानमन्त्रीको जवाफी प्रतिवेदन र सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । सचिवालयले बैडकमा ओलीको प्रस्ताव पेश भएपछि त्यसको अध्ययनका लागि केहि दिनको समय लिने र अध्ययन पश्चात दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने तयारी थालेको छ ।