काठमाण्डौ ।
कात्तिक २८ को सचिवालय बैठकमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेश गर्नु भएको छ । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पेश गरेको प्रतिवेदन अध्ययनलागि तिन दिनको समय सिमा तोकिएको छ ।
दुवै अध्यक्षले पेश गर्नु भएको प्रतिवेन अध्ययन गरिसकेपछि मंगलबार बस्ने बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ ।
यस्तो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले पेस गरेको प्रतिवेदन: My Response_PM