• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 26, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

जाडोयाममा हुने सम्भावित जोखिन न्यूनिकरणको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

पावर संदेश
   १६ मंसिर २०७७, मंगलवार १८:५०  मा प्रकाशित
  • 377 पटक पढिएको







  • काठमाडौं ।
    जाडोयाममा हुने सम्भावित जोखिन न्यूनिकरणको तयारीमा जुट्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ । हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जनधनको क्षति कम गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको नवौँ बैठकमा गृहमन्त्री थापाले सरकारको प्रमुख लक्ष्य भनेकै जाडोको समयमा हिमपात तथा शीतलहरका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्नु रहेको उल्लेख गर्दै आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा जोड दिए ।
    छलफलमा उनले विषयगत मन्त्रालयसँगको समन्वयमा आवश्यक तयारीका काम थालिएको समेत जानकारी दिए । मन्त्री थापाले मातहतका निकायलाई क्षति कम गर्न आवश्यक योजनाका साथ अघि बढ्नसमेत निर्देशन दिए ।

    जाडोबाट हुने उत्पन्न परिस्थितिको सामना गर्न नीतिगत योजना निर्माण गर्दै आएको र गत वर्ष सफलतापूर्वक कार्ययोजना लागू हुँदा क्षति कम भएको मन्त्री थापाको जिकिर थियो । उनले भने, “विगतजस्तो यो वर्ष सहज छैन, कोभिड–१९ ले थप चुनौतीपूर्ण बनाएको छ, हिमपात र शीतलहरका साथै कोरोना नियन्त्रणमा ध्यान दिनुपर्छ ।”

    उनले कार्य क्षेत्रमा खटिने निकायलाई साधन सम्पन्न गराउने कुरामा सरकार गम्भिर रहेको प्रष्ट पारे । हिमपातलाई सामना गर्न हिमाली क्षेत्रमा आवश्यक पर्ने लत्ताकपडा तथा साधन स्रोतको व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

    “बाढी पहिरोका कारण यसवर्ष धेरै घरबारविहीन छन्, उनीहरुलाई न्यानो हुने अवस्था सिर्जना गर्न सकेनौँ भने चुनौती हुनसक्छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ”, बैठकमा मन्त्री थापाले भने । उक्त छलफलमा सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो ।

    उक्त बैठकमा शीतलहर एवं हिमपातका पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका सम्बन्धका छलफल भएको थियो । यस्तै विपद् खोज, उद्धार तथा आधारभूत तालिमको पाठ्यक्रम २०७७ र विपद्का समयमा खोज तथा उद्धार, प्राथमिक उपचार र शव व्यवस्थापनका लागि आवश्यक सामग्रीसम्बन्धी मापदण्ड, २०७७ को स्वीकृतिका विषयमा पनि छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑