• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

बालिका अधिकारको लागि एकीकृत कानुन निर्माणमा जोड

पावर संदेश
   १७ मंसिर २०७७, बुधबार १८:११  मा प्रकाशित
  • 855 पटक पढिएको







  • बालिका अधिकारको संरक्षणका लागि एकीकृत कानुनको निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाहरुले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको सन्दर्भमा पोखरामा आयोजित बालिकाबिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बालिकाहरुको विषयवस्तुहरुलाई एउटै कानुनमार्फत सम्बोधन गर्ने प्रयासमा गण्डकी प्रदेश सभा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले समाजमा नागरिकदेखि कार्यकारी प्रमुख सबैमा इमान्दारिताको भावना भएमा कुनै पनि अधिकारका सवालको लडाईं सहज हुने बताउनुभयो । त्यस्तै गण्डकी प्रदेश सभाका सांसद धनञ्जय दवाडीले समाजको सामाजिकीकरणको प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उता गण्डकी प्रदेश सभाकै अर्का सांसद मीना गुरुङ्गले बालिका हिंसा नियन्त्रणका लागि विद्यमान कानुन कार्यान्वयन गर्दै बालिकाहरुको क्षमता समेत बढाउन पर्ने उल्लेख गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुषालले बालिका हिंसालाई राज्यका सबै तहको सहकार्यमा रोक्न सकिनेमा जोड दिनुभयो । त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बालिका अधिकार तथा संरक्षणका लागि राज्यले लगानी र सरोकारवालाहरुले निगरानी बढाउनु पर्ने बताउनुभयो । त्यस्तै गैर सरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदीले भौतिक पूर्वाधारलाई मात्र विकास बुझ्ने नेपाली मानसिकता नागरिकदेखि राजनैतिक नेतृत्वसम्म भएकैले समतामुलक समाज निर्माण हुन नसकेको गुनासो व्यक्त गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशमा बालिकाहरुको अवस्थाको बारेमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला महाशाखा प्रमुख जमुना पौडेलले र गण्डकी प्रदेशमा बाल अधिकारको अवस्थाको बारेमा मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा बालिका अधिकारका लागि काम गरिरहेका विभिन्न सरोकारवाला संघसंस्था तथा निकायहरुको तर्फबाट पचास बढि सहभागीहरुले भाग लिएका थिए । अन्तरक्र्रियामा विचार राख्दै सहभागीहरुले बालिका हिंसा न्युनिकरण तथा अधिकार संरक्षणका लागि आवश्यक कानुन निर्माण, त्यसको कार्यान्वयन, बजेट वृद्धि, सामाजिक उत्तरदायित्व तथा सबैको पहलकदमीको खाँचो औल्याए ।

    कार्यक्रम गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको सहकार्य, क्यानालानको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपाल र इन्सेकको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले तथा सञ्चालन इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले गर्नुभएको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑